चितवन विशेष
नेपाली भूमि अतिक्रमण भएको भन्दै नारायणगढमा नेविसंघको विरोध प्रदर्शन
०

चितवन, कात्तिक २८-
भारतले नेपालको भूमिलाई अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको भन्दै नेविसंघ चितवनले आज नारायणगढको पुलचोकमा प्रदर्शन गरेको छ ।
नेविसंघले बालकुमारी कलेजबाट विरोध ¥याली पुलचोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविसंघ नेताहरुले वर्तमान सरकारले सीमा रक्षाका लागि काम गर्न नसकेको छिमेकीले हेप्न थालेको आरोप लगाएका थिए ।
नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको कोणसभामा नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइराला, नेविसंघका निर्वतमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, रबिन क्षेत्री, नेविसंघ जिल्ला उपाध्यक्ष राजन दाहाल, बिनिता चापागाई, प्रकाश भण्डारी, दिनेश पौडेल, रोशन बस्नेतलगायतले भारत विरोधी मन्तव्य व्यक्त गरेको नेविसंघ चितवनका सचिव गणेश रिजालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























