चितवन विशेष

नारायणीकला मन्दिरमा सिस्नुपानीको विशेष प्रस्तुति हुने

Banner

चितवन, कात्तिक २८

आन्तरिक राजस्व विभागको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भरतपुरको संयोजनमा भोलि शुक्रबार नारायणीकला मन्दिरमा सिस्नुपानी नेपालले हास्यव्यङ्य प्रस्तुतिकरण गर्ने भएको छ ।

कर सचेतनाका लागि देशव्यापी करमैत्री यात्राअन्तर्गत यहाँ कार्यक्रम गर्न लागिएको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार कार्यक्रममा जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, उद्योग संघ, च्याम्बर अफ कमर्सका प्रतिनिधिसँगै कार्यालयका प्रमुखहरुको उपस्थिति रहने छ । दिउँसो दुई बजे सुरु हुने हास्यव्यङ्य कार्यक्रममा कर तिर्न र सदुपयोग गर्न कलाकारहरुले प्रेरणा दिनेछन् ।हास्य व्यङ्ग्यको माध्ययमबाट भ्रष्टचारको कडा आलोचक खबरदारी बनेर जनमानसमा लोकप्रिय बनेको संस्था सिस्नुपानी नेपालको तर्फबाट मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षी, टंक आचार्य, शिशिर योगी, सरोज घिमिरेलगायतको प्रस्तुति रहने छ ।

कलाकारहरुले निकै चोटिला, गहकिला र झस्काउने खालको शब्द प्रस्तुत गर्ने भएकाले कार्यक्रममा सहभागिता राम्रो हुने आयोजकको अपेक्षा छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चितवन र नवलपरासी क्षेत्र हेर्दै आएको छ । अभिनय, गीत, कविताद्वारा कलाकारहरुले करसम्बन्धी सचेतना र खबरदारी सामग्री प्रस्तुत गर्नेछन् । सिस्नुपानी नेपालले यस अघि बनेपा, ललितपुर, विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज र हेटौडामा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>