खैरहनी

खैरहनीमा लायन्स/लियो चितवन इष्टको निःशुल्क मधुमेह परीक्षण

Banner

चितवन, कार्तिक २८–

विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव अफ चितवन इष्ट र लियो क्लव अफ चितवन इष्टको आयोजनामा आज (बिहीबार) खैरहनी नगरपालिकाको पर्सा बजारमा निःशुल्क मधुमेह परीक्षण गरिएको छ ।

चौधरी पोलिक्लिनिकमा आयोजित कार्यक्रममा तीन सय भन्दा बढीको मधुमेह परीक्षण गरिएको लियो क्लव अफ चितवन इष्टकी प्रेचन थपलियाले जानकारी दिइन् ।

लायन्स क्लव अफ चितवन इष्टका अध्यक्ष रमेश पराजुली र लियो क्लव अफ चितवन इष्टका अध्यक्ष कृष्ण शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>