चितवन विशेष

लायन्स क्लव चितवन चौतारीको निःशुल्क मधुमेह परीक्षण

०
Banner

चितवन, कार्तिक २८–

विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव अफ चितवन चौतारीले आज (बिहीबार) निःशुल्क मधुमेह चेकजाँच तथा औषधि वितरण गरेको छ ।

भरतपुर महानगरपालिका–१० अस्पताल रोडमा रहेको सागर मेडिकल हलमा गरिएको कार्यक्रममा क्यापिटल रिफ्रेन्स ल्याब (सिआरएल)ले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा १२१ जनाको मधुमेह परीक्षण गरिएकोमा ५९ जनामा मधुमेह देखिएको क्लवकाका अध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए । खानपान र व्यायममा ध्यान दिन सके मधुमेहबाट छुटकरा पाउन सकिने डा. जयराम अधिकारीले बताए । सो अवसरमा मधुमेह देखिएका बिरामीहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा जोन चियर पर्सन पूर्णप्रसाद शर्मा, एओजी भक्तिप्रसाद चालिसेलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>