बजार

शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

०
Banner

काठमाडौं, कार्तिक २८–

नेपालकै अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको छ ।

एनएस क्वालिटी अवार्ड सिमेन्ट जगतमा पहिलो पटक शिवम् सिमेन्टलाई प्रदान गरिएको विभागले जनाएको छ । एनएस क्वालिटी अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट वस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित वस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको वस्तु उत्पादन र विक्री वितरण गर्ने उद्योगलाई सम्मान स्वरुप प्रदान गर्दै आईरहेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई सो अवार्ड प्रदान गरिएको थियो ।

Quality को मामलामा No Compromise भन्दै देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ । ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि समेत गरेको छ ।

“गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “Quality को मामलामा No Compromise, जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो ।

ISO, ISI, र URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरलगायतको विशेष उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>