चितवन विशेष
बोस्टनको ग्रयाजुएसन इभिनिङ भोलि
०

चितवन, कात्तिक २८-
भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले भोलि एमबीए उर्तीण विद्यार्थीहरुका लागि ग्रयाजुएसन इभिनिङ गर्ने भएको छ ।
कार्यक्रममा कलेजबाट एमबीए पूरा गरेका ४० विद्यार्थी सहभागी हुने कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाईँले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथिमा देउराली जना फर्मास्युटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्मा रहने छन् । त्यसैगरी कलेजका विद्यार्थीहरुलाई बधाई दिनको लागि चितवन उद्योग संघ, चितवन उद्योग वाणिज्य संघका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने एमबीए कार्यक्रम निर्देशक चापागाईँले बताए । भरतपुर गार्डेन रिसोर्टमा हुने सो कार्यक्रम कलेजको तर्फबाट विद्यार्थीहरुलाई प्रोत्साहन र बधाई दिने उद्देश्यले गरिएको कलेजले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























