चितवन विशेष

चितवनमा उपनिर्वाचनको रौनक (फोटोफिचर)

Banner

चितवन, कार्तिक २७–

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) चितवनका दुई स्थानीयमा मनोनयनपत्र दर्ता भएको छ ।

भरतपुर महानगरपालिकाको वडा नं.१६, पूर्वीचितवनको खैरहनी नगरपालिकाको वडा नं.४ र ५ का लागि मनोनयनपत्र दर्ता भएको छ । यससंगै चितवनमा चुनावी माहोल तातेको छ । मनोनयनपत्र दर्ताका लागि उम्मेद्वारहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । भरतपुर १६ का लागि पाँच जनाले मनोनयनपत्र दर्ता गराएका छन् भने खैरहनी ४ मा चार जना र खैरहनी ५ मा पनि चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी नेपाल, राप्रपा (संयुक्त) र राष्ट्रिय नागरिक पार्टीले मनोनयनपत्र दर्ता गराएका छन् भने खैरहनी ४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपा (संयुक्त)ले मनोनयनपत्र दर्ता गराएको छ ।

यसैगरि खैरहनी ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टीले मनोनयनपत्र दर्ता गराएको छ ।

मनोनयनपत्र दर्ताको कार्यक्रम विहान १० बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो । आज अपरान्ह मनोनयनपत्र दर्ता भएको उम्मेद्वारहरुको सूची प्रकाशन समेत गरिएको छ । यस्तै भोलि (कार्तिक २८ गते) उम्मेद्वारहरुको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र सोही दिन अपरान्ह ५ बजेभित्रमा मनोनयन भएको उम्मेदवारहरुको नामावली प्रकाशन गर्न कार्यतालिका रहेको छ ।

त्यसैगरि कार्तिक ३० गते उम्मेद्वारको नाम फिर्ता लिने र सोही दिन अपरान्ह ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।

यस्तै उम्मेद्वारहरुलाई मंसिर १ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको ढकालले बताए । मंसिर १४ गते हुने निर्वाचन विहान ७ बजेदेखि सुरु भइ अपरान्ह ५ बजे सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>