चितवन विशेष

चितवनमा सहकारी मार्फत प्राङगारिक धान खेती

Banner

चितवन,कात्तिक २६-

चितवनको भरतपुरमा सहकारी मार्फत प्राङगारिक खेती गरिएको छ । हंस बहुउद्देश्यीय सहकारीसंस्था मार्फत स्थापना गरिएको हंस प्राङगारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रले भरतपुर महानगरपालिका १५ श्रीपुरमा प्राङगारिक खेती गरेको हो । आज प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीले लगाएको प्राङगारिक धान काट्दै यसको प्रवद्र्धनमा जोड दिए । उनले भने,‘सहकारी मार्फत भएको यो काम प्रशंसनिय छ,यसलाई थप विस्तार गर्दै लैजान आवश्यक छ ।’ उनले सहकारीले प्राङगारिक खेती गरेर नमुनाको काम गरेको बताए ।

प्रदेश सरकारले प्राङगारिक खेतीलाई प्राथमिकतामा राखेको भन्दै उनले कृषि ज्ञानकेन्द्र मार्फत अनुदानका कार्यक्रम संचालन गरिएको बताए । हरेक उत्पादनको बिषादी प्रतिशत सार्वजनिक हुनुपर्ने भन्दै प्रदेश सरकारले चितवनमा बिषादी परिक्षण मेसिन संचालनमा ल्याउन लागेको उनले जानकारी दिए ।

मन्त्री लामाले भने,‘अहिले हामीले जानाजान तरकारी मार्फत बिष सेवन गरिरहेका छौं,अमृत सेवन गर्नका लागि प्राङगारिक खेती प्रणालीमा जानुको विकल्प छैन् ।’ अहिलेसम्म हाम्रा काम कागज र चिया गफमा सिमित भएको भन्दै उनले दुईवटै प्रवृत्ती देश विकासका लागि घातक भएको टिप्पणी गरे । सामुहिक खेती प्रणालीलाई जोड दिदै सानै परिणाममा भएपनि कामको थालनी गर्नुपर्ने मन्त्री लामाले धारणा राखे ।

सहकारीले ५० कठ्ठा जमिनमा प्राङगारिक धान खेती गरेको हंस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले बताए । उनले सहकारीलाई उत्पादनमा जोड्नका लागि प्राङगारिक खेती गरिएको जानकारी दिए । २०७५ साल बैशाखदेखि सहकारीले प्राङगारिक खेती सुरु गरेको हो । एक सिजनको उत्पादन बिक्री गरिसकेको चुकेले बताए । उनले भने,‘यसबर्ष तीन बाली लगाउने योजनाका साथ काम गरिरहेका छौं ।’ सहकारीले प्राङगारिक उत्पादन गरेपछि विभिन्न क्षेत्रबाट यसको माग बढ्दै गएको छ ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट लगाएतले बोलेका थिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना,भरतपुर महानगरपालिका वडा नम्वर १५ का अध्यक्ष शम्भु बहादुर भण्डारी,भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी शाखा प्रमुख काशीराज हमाल, चितवन बचत तथा क्रृण सहकारी संस्थाका संचालक किशोर गुरुङ,प्राङगारिक कृृषि उत्पादन सहकारी संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारी लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।
हंस बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संचालन सचिव लेखराज पन्त हरीले गरेका थिए । प्राङगारिक कृषि उत्पादन सहकारी संस्था कार्यक्रमको सह आयोजकको रुपमा रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>