चितवन विशेष

मारवाडी युवा मञ्चको नयाँ समितिलाई शपथ ग्रहण

Banner

चितवन, कात्तिक २५–

मारवाडी युवा मञ्च नारायणगढको चौथो अधिवेशनबाट निर्वाचित नयाँ समितिलाई आज (सोमबार) भरतपुरमा शपथ ग्रहण गराइएको छ ।

भरतपुरमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कञ्चनकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पंकज गोयललाई शपथ ग्रहण गराए । लगत्तै अध्यक्ष गोलले अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शपथ ग्रहण गराए ।

कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले मारवाडी मञ्चले समाज गरेका कार्यले सकरात्मक सन्देश दिएको बताइन् । उनले विभिन्न सामाजिक कार्यमा सक्रिय मञ्चलाई आगामि दिनमा अझै समाजप्रति उत्तरदायित्व बहन गर्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै मञ्चका संस्थापक अध्यक्ष कञ्चन अग्रवालले आफूले सुरुवाती नेतृत्व गरेको संस्थाले गरेको प्रगतिले खुशी तुल्याएको बताए । उनले अझै जुझारु युवाहरु मञ्चमा आउने क्रम बढ्दै गइरहेको संस्थाको भविष्य उज्जवल रहेको बताए ।

मञ्चका महासचिव राजु चौधरीले संचालन गरेको कार्यक्रम मञ्चका अध्यक्ष नितेश महेश्वरीको अध्यक्षतामा सम्पनन भएको थियो । सो कार्यक्रममा मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष बजरंग अग्रवाल, युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छालगायतको उपस्थिति रहेको थियो ।

मारवाडी युवाहरुलाई एकीकृत गर्न खोलिएको संस्थाले रक्तदान, आर्थिक, सहयोग, लत्ताकपडा सहयोगलगायतका सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>