चितवन विशेष

इन्टरर्‍याक्ट क्लब स्मल हेभेनद्धारा मानव सेवा आश्रमलाई सहयोग

Banner

चितवन, कात्तिक २५

इन्टरर्‍याक्ट  क्लब अफ स्मल हेभेन मोडल स्कुलले मानव सेवा आश्रम भरतपुरलाई सहयोग गरेको छ ।

विश्व इन्टरर्‍याक्ट  सप्ताहको अवसरमा क्लबले आश्रमलाई १३ वटा डसना र सिरानी हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष ज्यास्मिन भगतको अध्यक्षतामा भएको सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरी र स्मल हेभन मोडल स्कुलका प्रिन्सिपल विमलकुमार क्षेत्री विशिष्ट अतिथि रहेका थिए ।

भरतपुरलाई सडक मानव मुक्त घोषणा गरिएसँगै आश्रममा थपिएका असहाय नागरिकलाई सहयोग पुगोस् भनेर सो सहयोग गरिएको कार्यक्रम संयोजक उज्जवल अधिकारीले जानकारी दिए । आगामी दिनमा पनि आश्रमलाई थप सहयोग गर्दै जाने स्कुलका प्रिन्सिपल क्षेत्रीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>