चितवन विशेष

सप्तगण्डकी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा दाहाल

Banner

चितवन, कात्तिक २५-

सप्तगण्डकी बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खिमलाल दाहाल नियुक्त भएका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, क्याम्पस प्रमुख मणिराज महतो र प्रशासन प्रमुख जगन्नाथ ढकालले दाहाललाई आज पदभार ग्रहण गराएका हुन् । क्याम्पसको व्यवस्थापन संकायमा कार्यरत दाहाल विसं २०६२ भदौंबाट क्याम्पसका सहायक प्राध्यापकको रुपमा सेवा प्रवेश गरेका थिए । भरतपुर महानगरपालिका–१३ गंगानगरमा जन्मिएका दाहाललले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एलएलबी गरेका छन् । बजारशास्त्र र व्यापारिक कानुनमा दाहालले विशेष दख्खल राख्छन् ।

पूर्वसहायक क्याम्पस प्रमुख विष्णु ज्ञवालीले घरायसी कारणले राजीनामा गरेपछि दाहाल नयाँ सहायक क्याम्पस प्रमुख बनेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>