चितवन विशेष

चितवन मेडिकल कलेजका विद्यार्थीहरु फेरि आन्दोलित, कलेजमा लगाए ताला

Banner

चितवन, कार्तिक २४–

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । गत असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको सहमति कलेज प्रशासनले उल्लंघन गरेको भन्दै विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुले शुल्क फिर्ता वा समायोजनको माग पुरा नभएसम्म अनिनिश्चितकालका लागि कैलाशनगरमा रहेको कलेजमा तालाबन्दी गरेका छन् । चितवन मेडिकल कलेजका सम्पूर्णको तर्फबाट चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्धारा जारी विज्ञप्तीमा माग पुरा नभएसम्मका लागि अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सहमति कलेज प्रशासनले उल्लंघन गरेके हुँदा आजैको मितिदेखी हाम्रो शुल्क फिर्ता वा समायोजनको माग पूरा नभएसम्म अनिश्चितकालको लागि तालाबन्दी गरिएका जानकारी गराउन चाहन्छौं, यस परिस्थितिबाट उत्पन्न समस्याको जिम्मेवारी स्वंम प्रशासन हुने जानकार गराउँदछौं ।’

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु विगत तीन महिनादेखी विभिन्न माग राखेर चरणवद्ध आन्दोलनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>