अर्थ

उवासंघ–चितवनको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

Banner

चितवन, कात्तिक २४-

उद्योग वाणिज्य संघ–चितवनले मधुमेह रोगका बारेमा जनचेतनामूलक निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा नारायणगढको समर्पण पोलिक्लिनिकको प्राविधिक सहयोगमा यही नोभेम्बर १४ गतेका दिन पर्ने विश्व मधुमेह दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले उद्यमी व्यवसायीले व्यस्तताका कारण आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान पु¥याउन नसकेको अवस्थामा संघको सामाजिक उत्तरदायित्वअन्र्तगत विश्व मधुमेह दिवसको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा अध्यक्ष प्रधानले स्वस्थ जीवनका लागि व्यवसायीहरु आफ्नो स्वास्थ्यका बारेमा संवेदनशील हुनुपर्ने बताउँदै कार्यक्रमले मधुमेह रोगका बारेमा आवश्यक जानकारी दिनमा सहयोग पुग्ने बताए ।

साथै उनले आगामी दिनमा पनि संघले यस किसिमका अन्य कार्यक्रमहरु आयोजना गराउने बताए । कार्यक्रममा विशेषज्ञ डाक्टरद्वय अमित शाक्य र जस्मिन तुलाधरले स्वास्थ्य परीक्षण गर्नुका साथै कार्यपत्र पेस गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ९० जना व्यवसायीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए ।

कार्यक्रममा उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी संस्था समर्पण पोली क्लिनिक नारायणगढका प्रोपाइटर सञ्जय गुप्ताले कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा पनि उद्योग वाणिज्य संघ–चितवनसँग मिलेर स्वास्थ्य क्षेत्रका अन्य विविध कार्यक्रम गर्न आफूलाई हौसला मिलेको बताउँदै संघप्रति आभार ब्यक्त गरे । कार्यक्रममा संघका पदाधिकारी, नेउवा महासंघका कार्यकारिणी समिति सदस्य, उवासंघका कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्षलगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>