स्वास्थ्य

चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

Banner

लण्डन कात्तिक २४—

लण्डनमा गरिएको एक अध्ययनले चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने देखाएको छ।

बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ सर्वेक्षणले चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ। उक्त कलेजले अध्ययनका लागि १ लाख १२ हजार ३० जनाको राय लिएको थियो। अध्ययनमा सहभागी मध्ये १२ प्रतिशत मानिसले चश्मा लगाउदाँ आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको महसुस गर्ने बताएका थिए भने १४ प्रतीशतले आफूहरुले मनोचिकित्सकबाट परामर्श लिइरहेको बताएका थिए।

अध्ययनअनुुसार आखाँ केही कमजोर भएका मानिसको खानपान तथा समाजिक जीवन पनि त्यती सन्तुष्ट नभएको देखाएको छ।

प्रोफेसर जंगो राहिले ४० देखि ७४ वर्ष उमेर समुहको मानिसमा गरिएको अध्ययनले उनीहरुमा मुख्यतया ग्लुकोमा र मकुलर जेनेरेशन जस्ता आखाँको समस्या रहेको बताइन्।

‘कुनै पनि मानिसले चश्मा लगाउन सुरु गरेपछि आफूले जिवनबाट नियन्त्रण गुमाएको महसुस गर्दछ र अन्य समयको भन्दा फरक महसुस गर्छ,’ उनले भनीन्, ‘परिणामस्वरुप उसले साथीभाई तथा आफन्तको तुलनामा आफु अस्वस्थ रहेको सोच्दछ र अन्ततः उनीहरुमा डिप्रेशनको खतरा बढी हुन पुग्छ।’

उनले आखाँ केही कमजोर भयो भन्दैमा सुरुवाती चरणमै चश्माको अथवा कुनै पनि प्रकारको लेन्सको प्रयोग गर्न नहुने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>