चितवन विशेष

चितवनमा साओमीको पाँचौं सर्भिस सेन्टर

Banner

चितवन, कार्तिक २१–

साओमी ग्लोबल टेक्नोलोजी लिडरले बिहबिार आफ्नो नेपालको आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।
साओमीले प्रेषित गरेको विज्ञप्तिमा दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु सञ्चालनमा ल्याएको हो । नारायणघाटमा यो कम्पनीको पाँचौं सर्भिस सेन्टर छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थित छन् ।

ब्राण्डको रुपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेञ्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नविनतम प्रविधिको पहुँच पु¥याउन केन्द्रित छौं । साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नविनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’ उनले नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनको प्रयोग बढेको कम्पनीले जनाएको छ । सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गिरावटसँगै पर्याप्त पहुँच योग्यताले नेपालमा एमआई फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनिको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>