कर्पोरेट

एनआईसी एशिया बैँकबाट भर्चुअल कार्डको सुरुवात

Banner

चितवन, कात्तिक १९-

एनआईसी एशिया बैँक लिमिटेडले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै युनियन पे इन्टरनेशनलको युनियन पे भर्चुअल कार्डको सुरुवात गरेको छ ।

बैँकले जारी गरेको विज्ञप्तिमा बैँकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा सो कार्ड सुरु गरिएको हो । उक्त कार्यक्रममा युनियन पे इन्टरनेशनल र एनआईसी एशिया बैँकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैँकले आफ्नो मोबाइल बैंकिङ सेवासँग एकीकृत गरी छिट्टै ग्राहकसामु लैजाने योजना बनाएको बैँकले जनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैँकले लिएको छ ।

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष–२०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास बैँकको छ । युनियन पे इन्टरनेशनलले विश्वभरका १७५ बढी मुलुकहरुमा भुक्तानी सेवा विस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>