चितवन विशेष

युवालाई उद्यममा प्रोत्साहन गर्दै चितवन चेम्बर अफ कमर्स

Banner

भरतपुर, कात्तिक १६

उद्यमका लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ चितवन चेम्बर अफ कमर्सले आज युवाहरुका लागि आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

चितवन महिला चेम्बर तथा सनराइज बैंक लिमिटेडसमेतको संयूक्त आयोजनामा भरतपुरमा गरिएको कार्यक्रममा दर्जनौंको संख्यामा युवाहरु उपस्थित थिए । उपस्थित युवाहरुले उद्योगहरु धरासयी बन्दै जानुका कारण, बैंकका विभिन्न अस्पष्ट नीतिहरु, सहजरुपमा ऋण नपाउने अवस्था, व्यक्तिगत तथा व्यवसायिक पान तथा भ्याटको अनिवार्यता, आय करका प्रावधानहरुबारे जिज्ञाशा राखेका थिए ।
सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालयका प्रतिनिधि अभिषेक श्रेष्ठले उनीहरुलाई उद्यम तथा व्यवसायका लागि अति आवश्यक लेखा प्रणालीलाई व्यवस्थित गर्ने उपाय, व्यवसायबाट मुनाफा आर्जन गर्ने उपाय तथा उद्यम गर्न चाहनेका लागि बैंकहरुले दिने सेवाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले साना तथा मझौला उद्यममा नयाँ पुस्ताको आकर्षण बढे पनि धेरैलाई आधारभूत लेखा तथा देशको नयाँ कर प्रणालीबारे जानकारी नभएको बुझेर अभिमुखीकरण कार्यक्रम गरिएको बताए । नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले महिलाको उद्यशिलताको विकास गर्न देशभर यस्ता तालिमहरु सञ्चालन गर्ने लक्ष्य रहेको बताइन् ।
सनराइज बैंक लिमिटेड नारायणगढ शाखाका प्रमुख योगेन्द्र पुनले बैँक सदैव साना तथा मझौला उद्यमीको साथमा रहेको जानकारी गराउँदै उद्यमका लागि आवश्यक प्रक्रियामा बैँकले हरदम सहयोग गर्ने बताए । चितवन महिला चेम्बरकी अध्यक्ष अनुषा पाठकले कुनै पनि व्यवसाय सफल बनाउन लेखा प्रणालीलाई चुस्त बनाउनु आवश्यक रहेको भन्दै यसबारे अनविज्ञ रहेका युवालाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>