चितवन विशेष

भरतपुरमा अद्वैतको पाँच दिने सत्संग सकियो

Banner

चितवन, कात्तिक १६-

अद्वैत सस्ंथा नारायणी अञ्चल गंगा ज्योति शााखा अद्धैत मार्ग भरतपुर–२ चितवनमा आयोजित पाँच दिने राष्ट्रव्यापी महासत्संग ज्ञान महायज्ञ शुक्रबार सकिएकोे छ ।

सरिता उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रमलाई श्रीगुरुदेव प्रताप चक्रवर्तीले दीप बालेर उद्घाटन गरेका हुन् । सत्संगमा प्रचण्ड व्रम्हज्ञानी गुरुदेवद्वारा रचित नेपाली उपनिषद् गीतामृत, अवधुतगीतालगायतको पाठ पारायण गरिएको थियो । कार्यक्रममा पण्डित विष्णुप्रसाद सरस्वती, विष्णुहरि सापकोटा, बसन्तलाल महासरस्वती, अनन्तलाल सरस्वती, रामचन्द्र महत, कृष्णप्रसाद गौतम, दयाराम कोइराला, उद्धव थापा, नविनप्रकाश उपाध्याय, सरिता उपाध्याय, कुसुमदेवी चुके, गंगादेवी चुके, कालिदास पौडेल, पूर्णकुमारी गुरुङ, अर्जुन संगौला, हरिप्रसाद लम्साल, मीना खरेल, जयन्ती थापा, लक्षजीवी घिमिरे, शारदा शर्मा, नमसिं खड्का, बाबुराम सापकोटा, तारानाथ गौतम, गिरिराज खड्का, ओम डांगी, रामहरि अधिकारी, नरनाथ पौडेल, नन्दलाल पौड्याल, दिलबहादुर अधिकारी, कृष्णप्रसाद उपाध्याय, फणिधर भण्डारी, अनु शर्मा, हरिचन्द्र पोखरेल, गोपालचन्द्र पौड्याल, ओमराज पुरी, विष्णुहरि पोखरेल, निर्मला गौली, रमा तिमिल्सीना, अनिता ढकाललगायतले पाठ पारायण गरेका थिए ।

यसैगरि कार्यक्रममा परमपूजनीया माताजी एवम् पिताजीको पुण्यस्मृतिमा अद्वेत सस्ंथाका प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा विसं. २०७३ मा स्थापित गंगा ज्योति स्मृति पुरस्कार नमस्ते टेलीभिजनका अध्यक्ष सुरज गुरुङलाई नगद, प्रशंसापत्र प्रदानसहित सम्मान गरिएको थियो । समाचार संकलन र प्रचार प्रसारमा सहयोगी भूमिका खेलेको भन्दै नमस्ते टेलिभिजनलाई सम्मानित गरिएको कुलपति सहचारी अनन्तलाल सरस्वतीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>