चितवन विशेष
नारायणीको पुलबाट दुईजनाले संगै हामफाले, एकको मृत्यु, एक वेपत्ता
०

चितवन,कात्तिक १०-
नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे हाम फालेका अन्दाजी ३०/३५ बर्षका पुरुषको शव नदि किनारमा फेला पारिएको हो ।
व्यपत्ता अर्का एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । प्रत्येक्षदर्शीले बताए अनुसार दुईजना संगै हाम फालेको थिए । उनिहरुको पहिचान भएको छैन् । शवको मुचुल्क उठाएर परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























