चितवन विशेष

उपनिर्वाचनः नेकपा चितवनले घोषणा गर्‍यो तीनवटै वडाको उम्मेद्वार (नामसहित)

Banner

चितवन, कार्तिक १०–

आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले उम्मेद्वार घोषणा गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५ मा वडा अध्यक्ष पदको उपनिर्वाचन हुन गइरहेको छ । सो निर्वाचनमा नेकपाको तर्फबाट भरतपुर महानगरपालिका वडा नं १६ मा भक्तराज हमाल, खैरहनी नगरपालिका वडा नं ४ मा वेदबहादुर अधिकारी र खैरहनी वडा नं ५ मा पुननारायण प्रधानलाई स्थानीय तहको सर्वसम्मति सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।

निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २ सय ५१ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि, नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावल संयोजक र अन्जन तिमिल्सीना उपसंयोजक रहेको १ सय ५१ सदस्यीय भरतपुर महानगरपालिका वडा नं १६ निर्वाचन परिचालन कमिटि चयन गरेको छ ।

यस्तै खैरहनी नगरपालिका वडा नं ४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि र खैरहनी नगरपालिका वडा नं ५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>