चितवन विशेष

नेकपा रत्ननगर ६ को नयाँ कमिटीको सपथ ग्रहण

Banner

चितवन, कार्तिक १०–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा नं ६ रत्ननगरको नवनिर्वाचित वडा कमिटीलाई आइतबार सपथ ग्रहण गराइएको छ ।

खगराज खनाल(कृष्ण) को अध्यक्षतामा बनेको २९ सदस्यी कमिटीलाई जिल्ला इन्चार्ज तथा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज खनालले पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरु बीचमा भावनात्मक एकता हुनुपर्ने बताए । ‘अब दुई पार्टी होइन, हामी एक भएका छौं’ उनले भने ‘अब हाम्रो कार्यशैली, भावना र काम गराइको ढाँचा एकै हुनुपर्छ ।’
कार्यक्रममा प्रतिनिधि सभा साँसद हरि अधिकारीले फेरी पनि कम्प्युनिष्ट पार्टी शक्तिशाली पार्टीको रुपमा स्थापित हुने बताए । दुई पार्टी एकीकरण हुँदा नेपालमा ८ देखि ९ लाख नेकपाको संगठित सदस्य संख्या पुगेको भन्दै उनले अबका निर्वाचनमा पनि नेकपा अब्बल पार्टीको रुपमा स्थापित हुने दावी गरे ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले पार्टीको संगठन विस्तारसंगै जनताको समस्यासंग साक्षात्कार गरी काम गर्न वडा कमिटीलाई आग्रह गरे । ‘पार्टीको साख जोगाउने जिम्मेवारी वडा कमिटीमा आएको छ’ उनले भने ‘पार्टीलाई बलियो बनाउन र जनतामा लोकप्रिय बनाउन एक भएर काम गर्न आवश्यक छ ।’

कार्यक्रममा नेकपाका निर्वाचन आयोगका केन्द्रीय सदस्य डा. कृष्णराज पन्त, जिल्ला कमिटी सदस्यहरु राजाराम रेग्मी, राजु अम्गाई, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, पूर्व जिल्ला कमिटी सदस्य चण्डिका ढकाल, पञ्चतारा साकोसकी अध्यक्ष सानुमाया थापामगर लगायतले मन्तव्य राखेका थिए । जिल्ला कमिटी सदस्य बासु चापागाईको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रम जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद घिमिरेले सञ्चालन गरेका थिए ।

वडा कमिटी अध्यक्ष खगराज खनाल(कृष्ण) को अध्यक्षतमा भएको शुभकामना आदानप्रदान कार्यक्रम सचिव विष्णु थापाले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>