चितवन विशेष

द आर्ट अफ लिभिङको ‘डी एडिक्सन’ कार्यक्रम सकियो

Banner

चितवन, कार्तिक १०–

द आर्ट अफ लिभिङ चितवनद्वारा आयोजना गरिएको ‘डी एडिक्सन’ कार्यक्रम आजबाट सकिएको छ । सो कार्यक्रम कार्तिक ४ गतेदेखि संचालन भएको थियो । सो कार्यक्रममा करिब ६० जना सहभागीहरुले कार्यक्रमको फाइदा लिएका थिए ।

कार्यक्रम चितवन फाउन्डेसन पुर्नःस्थापन केन्द्र भरतपुर महानगरपालिका वडा नम्बर १५ मा बिहान ७ बजेदेखि १० बजेसम्म संचालन गरिएको थियो । कार्यक्रममा ध्यान, ज्ञान् , योगा र स्वासको अदभूत प्रक्रिया सुदर्शन क्रिया सिकाइएको थियो । कार्यक्रम समापन समारोहमा सहभागीहरुले आफूहरु धेरै खुशी रहेको र यसबाट मन स्थिर र सकारात्मक उर्जा बढेको अनुभुती सुनाउनुको साथसाथै कार्यक्रमबाट सिकेको सीप जिवनमा उतार्न प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

समापन कार्यक्रममा चितवन फाउन्डेसन पुनःस्थापन केन्द्रका संचालक बलबहादुर पाख्रिनले यस कार्यक्रमबाट निकै खुशी रहेको र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरु कसरी हरेक ठाउँमा पु¥याउन सकिन्छ सहयोग गर्न आफू तयार रहेको बताए । पुनःस्थापना केन्द्रहरुमा द आर्ट अफ लिभिङले निःशुल्क कोर्स गर्दै आएको छ ।। उक्त कार्यक्रममा प्रशिक्षकको भुमिका अन्जु शर्मा, मदन कटेल, आशिष पौडेल र विकास काफ्ले रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>