चितवन विशेष

चित्रवन कप इन्टर लायन्स/लियो फूटसलको उपाधि भरतपुर लायन्सलाई

Banner

चितवन, कार्तिक ९–

छैठौं संस्करणको चित्रवन कप इन्टर लायन्स/लियो फूटसल प्रतियोगिताको उपाधि लायन्स क्लव अफ भरतपुरले उचालेको छ ।

आज (शनिबार) नारायणगढस्थित ब्रदर्श फूटसलमा भएको फाइनल प्रतिस्पर्धामा लियो क्लव अफ बुटवल सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै भरतपुर लायन्सले उपाधि उचालेको हो । भरतपुरले उपाधिसंगै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको लियो बुटवल सिटीले १० हजार रुपैयाँ प्राप्त ग¥यो ।

विजेताहरुलाई समापन समारोका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु का सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट र लियो डिष्ट्रिक्ट ३२५ बी टु का अध्यक्ष सरोज कँडेललगायतले पुरस्कार प्रदान गरेका थिए । समापन समारोहमा लियो डिष्ट्रिक्ट ३२५ बी टु का पूर्व अध्यक्ष अमित गुप्ता, वर्तमान उपाध्यक्ष कुवेर पाठक, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञविलास पौडेल, लियो क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष पुरुषोत्तम सुवेदी, लायन्स क्लव अफ भरतपुरका अध्यक्ष अनुजराज पन्त, लियो क्लव अफ भरतपुरका अध्यक्ष रविन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा भएको प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको कार्यक्रम संयोजक रमेश कँडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>