चितवन विशेष

मिस्टर नेपालको चितवन अडिसन कार्तिक २५ मा हुने

Banner

चितवन, कार्तिक ८–

मिस्टर नेपाल २०१९ को अडिसन चितवनमा हुने भएको छ । यही कार्तिक २५ गते भरतपुरमा अडिसन हुन लागेको हो । चितवन अडिसनको संयोजन गर्ने जिम्मेवारी पाएो विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी अडिसन बारे जानकारी दिएको हो ।

विमोचन इभेन्टस्का प्रवन्धक विमोचन आचार्यले अडिसनका लागि फारम खुला गरिएको जानकारी दिए । उनले प्रतियोगितामा १७ देखि ३२ वर्षसम्मका युवाहरुले सहभागिता जनाउन पाउने बताए । प्रतियोगिताका विजेता र उपविजेताले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन् । मिस्टर नेपाल सौन्दर्य प्रतियोगिता एक्सपोज नेपालले आयोजना गर्दै आइरहेको छ । गतवर्षको संस्करणको विजेता चितवनकै विकल्पराज श्रेष्ठ बनेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै मिस्टर नेपाल वल्र्ड श्रेष्ठले यस प्रतियोगिताले मनोवल उच्च बनाउनुको साथै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्रदान गर्ने बताए । उनले यस प्रतियोगिताबाट आफूले धेरै कुरा सिकेको भन्दै युवाहरुलाई अडिसनमा सहभागिता जनाउन आग्रह गरे ।

सो क्रममा बोल्दै संचारकर्मी मनोज घिमिरेले अडिसनमा सहभागिता जनाउन युवाहरुलाई आग्रह गरे । प्रतियोगिताका अडिसनहरु कार्तिक २३ गतेदेखि काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, धनगढी, इटहरीलगायतका ठाउँहरुमा हुँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>