खेलकुद

विकास रनिङ शिल्ड फुटबल प्रतियोगितामा पुलिस क्लब फाइनलमा

Banner

भरतपुर, कात्तिक ७-

नेपाल पुलिस क्लब नारायणगढको क्याम्पा चौंरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली उपाधि नजिक पुगेको हो ।
मध्यान्तरअघि गोलरहित बराबरी खेलेको पुलिसका लागि दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १६ का सौजन याक्खाले गोल गरे । सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रीकिक गोलरक्षकले पञ्च गरेपछि रिबाउण्डमा सौजनले सुन्दर गोल गरे । निर्णायक गोल गरेका सौजन ‘म्यान अफ दी म्याच’ घोषित भए । खेलमा पहिलो हाफ संकटाले सुन्दर मौकाहरु गुमाएको थियो । दोस्रो हाफ भने पुलिसले आफ्नो नियन्त्रणमा लिएको थियो । तै पनि पाएका कयौं मौका पुलिसले पनि गुमायो ।

पुलिसले अब उपाधिका लागि कात्तिक ९ गते शनिबार चितवन–११ को सामना गर्ने छ । चितवन यसअघि नै बुधबार तुलनात्मक बलियो त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले छ लाख छ हजार ६६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पुरस्कार पाउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>