चितवन विशेष

देवघाटमा शुक्रबारदेखि ‘देवपुर साँस्कृतिक महोत्सव’ हुने

Banner

चितवन, कार्तिक ७–

तनहुँको देवघाटमा पाँचौ ‘देवपुर साँस्कृतिक महोत्सव–२०७६’ हुने भएको छ । यही कार्तिक ८ र ९ गते देवघाट–५ देवपुरमा साँस्कृतिक महोत्सव हुन लागेको हो । श्री देवपुर टोल विकास संस्थाको आयोजनामा हुन लागेको साँस्कृतिक महोत्सव यसपटक वृहत रुपमा संचालन गरिने जनाएको छ ।

आज (बिहीबार) देवघाटमा पत्रकार सम्मेलन गरी आयोजकले साँस्कृतिक महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । आयोजक संस्थाका अध्यक्ष सुकु गुरुङले मौलिक सँस्कृतिको उजागर र संरक्षणका लागि महोत्सव गर्न लागिएको बताए । उनले महोत्सवको अवसरमा खुल्ला कौराहा प्रतियोगिता र देवपुर सामुदायिक होमस्टेको समुद्घाटन समेत गर्न लागिएको जानकारी दिए ।

त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलको रुपमा रहेको देवघाटधाम क्षेत्रमा मौलिक सँस्कृतिहरु रहेका छन् । यस महोत्सवले सो क्षेत्रमा रहेका कौडा (कौराह), नचरी, सोरठी, घाँटु पञ्चैबाजा, भजन, बोटे नृत्यलगायत लोकसँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनले भने–‘विगतका वर्षहरुको कार्यक्रम खासै प्रभावकारी देखिएन, यसपटक स्थानीय लोकसँस्कृतिलाई प्राथमिकता दिनु भएको छ, यसले सँस्कृति जर्गेनामा महत्वपूर्ण रहन्छ ।’

दुई दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष एवंम् वरिष्ठ गायक अमर विहरी गुरुङ, ख्यातिप्राप्त कलाकारहरु चन्द्र गुरुङ, राजु परियार, बाल गायिका कमला घिमिरे, गायिका सम्झना लामिछाने, जादुगर बलराम सरकारलगायत स्थानीय कलाकाहरुको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक आशिक रानाले जानकारी दिए । यसका अलवा विभिन्न जातजातिको नृत्य समेत रहने उनले बताए ।

दुई दिने साँस्कृतिक महोत्सव गर्न ८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । गतवर्ष आम्दानीको रकम बराह प्राविको भवन निर्माणमा सहयोग गर्नुको साथै चौतारा, पाटीपौवा निर्माण गरेको भन्दै यसपटक संस्थाको भवन निर्माणका लागि खर्च गरिने आर्थिक संयोजक दधिराम सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>