खेलकुद

चितवनले रच्यो इतिहास, आर्मीलाई स्तब्ध पार्दै फाइनलमा प्रवेश

०
Banner

चितवन, कार्तिक ६–

उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली चितवन–११ नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनको यो ऐतिहासिक जित हो । विकास रनिङ शिल्ड सुरु भएसंगै चितवन सो प्रतियोगितामा फाइनल पुग्न सकेको थिएन ।

मध्यान्तरअघि गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा सम्हालिन नसक्दा २–१ को हार ब्यहोर्न बाध्य भयो । दोस्रो हाफमा चितवनको आक्रामक प्रदर्शनको अगाडि आर्मी फितलो देखियो ।
चितवनका लागि पहिलो गोल दोस्रो हाफको २० औं मिनेटमा जर्सी नम्बर १५ का अनिल रानाले गरे । आर्मीका खेलाडीको ह्याण्डमा चितवनका यदु सिलवालले गरेको प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले गरेको पन्चको रिबाउण्डमा अनिलले उत्कृष्ट गोल गरे ।

त्यसको ८ मिनेटपछि चितवनका कप्तान जर्सी नम्बर ७ का रुमेस बर्तौलाले गरेको गोलसँगै चितवनले २–० को अग्रता लियो । आर्मीका लागि जर्सी नम्बर २९ का विमल पाण्डेले दोस्रो हाफको ३७ औं मिनेटमा गोल गरे । खेलमा थप गोल हुन नसकेपछि घरेलु समर्थकको साथ पाएको चितवन पहिलो पटक फाइनल यात्रा तय ग¥यो । उत्कृष्ट प्रदर्शन गरेका चितवनका जर्सी नम्बर २ का जितेश गुरुङ म्यान आफ दी म्याच बने ।

चितवनका प्रशिक्षक विजय घलेले रणनीतिअनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले चितवनले राम्रो खेलेको कारण जितेको प्रतिक्रिया दिए । आर्मीको मध्यपंक्तिमा तालमेल नमिल्नाले चितवनले उत्कृष्ट गोल गरेको उनले बताए ।

चितवनले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमीफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र संकटा भिड्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>