चितवन विशेष
विप्लव समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ

चितवन, कार्तिक ५–
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले आज विहान भरतपुरस्थित बसेनी क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले आज विहान भरतपुर–११ स्थित बसेनीबाट लोहनीलाई पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ले जानकारी दिए । नेता लोहनीलाई पार्टी निश्कासन समेत गरेको बताईएको छ । उनी हाल निस्क्रिय भएर बसेका थिए ।
नेता लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए । पक्राउ परेका लोहनीलाई आजै काठमाडौं पठाउन लागिएको प्रहरीले जनाएको छ । जिल्लामा विप्लव समूहको नेताहरुको खोजी कार्यलाई समेत तिव्रता दिइएको प्रहरी उपरीक्षक मल्ललेसमेत जानकारी दिए ।