राजनीति

प्रधानमन्त्रीमा आलोपालो भएन भनेर प्रचण्ड रुँदै हिँडेका छन्ः गजुरेल

Banner

काठमाडौं,कात्तिक ४-

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’मोर्चाका अध्यक्ष सीपी गजुरेलले पुष्पकमल दाहाल प्रचण्डबारे तिखो टिप्पणी गरेका छन् । उनले आज आयोजित पत्रकार सम्मेलन मार्फत, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर प्रचण्ड रुँदै हिँडेको बताए । कहिले माधव नेपाल, कहिले बामदेव गौतम त कहिले ईश्वर पोखरेलकहाँ गएर बिन्तीभाउ गरिरहेका छन्,उनले भने।’

तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको सार्वजनिक भएको थियो । आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा शंका भइरहेका बेला क्रान्तिकारी माओवादीले प्रचण्डले एमाले नेताहरुसामू बिन्तीभाउ बिसाउन थालको बताएको हो ।

गजुरेलले सामाजिक सञ्जालबारे ओली र प्रचण्डले गरेको टिप्पणीको पनि आलोचना गरे । ‘प्रचण्ड फेसबुक हेर्न नसकिने भयो भन्नुहुन्छ । प्रधानमन्त्री ओली पत्रकारले बाआमालाई पनि तपाईं भन्दैनन् भनेर टिप्पणी गर्ने अवस्थामा पुगिसक्नुभयो । यो उहाँहरुले गरेको कार्यकै उपज हो । नेतृत्वले जे गर्छ त्यही सामाजिक सञ्जालमा पोखिन्छ’, नेता गजुरेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>