चितवन विशेष
रवि लामिछाने प्रकरणः चितवन अदालतको आदेश उच्च अदालत हेटौंडाले उल्टायो
०

चितवन,असोज ३०-
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेले विदेश जान अदालतको अनुमति लिनु नपर्ने भएको छ । उक्त मुद्दामा चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान रोक लगाएकामा उच्च अदालत पाटनको हेटौंडा इजलासले विदेश जान अदालतको अनुमति नचाहिने आदेश सुनाएको हो ।
आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र अर्का आरोपी युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>