खेलकुद

जेसीज विकास रनिङ शिल्डः चितवन सेमीफाइनलमा प्रवेश

Banner

चितवन, असोज ३०–

टुबोर्ग जेसीज विकास रनिङ शिल्डमा घरेलु टोली चितवन–११ ले विजयी सुरुआत गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवन–११ ले मकवानपुर–११ लाई ३–२ गोलअन्तगरले पराजित गर्‍यो । पहिलो जितबाटै चितवन सेमीफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको चितवनले बाईको फाइदा लिएर एकै जितबाट सेमीफाइनल पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा चितवनका तर्फबाट जर्सी नम्बर ७ का रुमेस बर्तौलाले दुई गोल गरे भने अर्को एक गोल जर्सी नम्बर ६ का अनिश श्रेष्ठले गरे । म्यान अफ दी म्याच रुमेसले पहिलो हाफको ३५ र दोस्रो हाफको पाँचौं मिनेटमा गोल गरेका हुन् । उनले नगद १० हजारसहित ट्रफी पाए । चितवनका तर्फबाट अनिसले दोस्रो हाफको २६ औं मिनेटमा गोल गरे ।

मकवानपुरका तर्फबाट जर्सी नम्बर ६ का रवि भण्डारीले दोस्रो हाफको २३ औं र जर्सी नम्बर ११ का कृष्ण रुम्बाले २७ औं मिनेटमा गोल गरे ।
प्रतियोगितामा दोस्रो दिन भोलि नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए । यी दुईबीचको विजेता पनि सीधै सेमीफाइनल पुग्नेछ ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद् कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए । सो क्रममा विभिन्न झाँकी प्रस्तुत गरिएका थिए । उद्घाटन कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>