चितवन विशेष
चितवनमा तीव्र गतिमा चलाउने १७ सवारी कारबाहीमा
०

चितवन, असोज १६ –
प्रदेश ३ प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले राजमार्गमा तीव्र गतिमा चलाउने १७ सवारीलाई कारबाही गरेको छ ।
राडर गनको प्रयोगद्वारा चेकजाँच गर्दा तीव्रगतिमा सवारी चलाउने १७ वटा सवारीका चालकलाई कारवाही गरेको तथा राजमार्गको विभिन्न स्थानमा छड्के चेकजाँच नियमित भइरहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयबाट चाडवाडको बेलामा बढी भाडा लिने सवारी साधन निगरानी गर्दा हालसम्म चार बस, तीन टाटा सुमो, एक वटा माइक्रोबाट तोकिएको भन्दा बढी भाडा सात हजार छ सय साठी सम्बन्धित यात्रुहरूलाई फिर्ता गराइएको प्रदेश कार्यालयले जनाएको छ । नियम अनुसार बढी भाडा लिने आठ वटा सवारीलाई जरिवाना गर्दा ९ हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















