चितवन विशेष

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

चितवन, असोज १६–

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका सोही स्थानका ८२ वर्षीय उमाकान्त गैरेको उपचारको क्रममा गयराती ८ः१५ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (भरतपुर मेडिकल कलेज) मा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४८ प ५००६ नम्बरको मोटरसाईकलले बाटो हिडिरहेका गैरेलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक चितवन प्रहरीको नियन्त्रणमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>