चितवन विशेष

रत्ननगरका गरिब तथा विपन्न परिवारलाई सुधारिएको चुलो

Banner

चितवन, असोज १५–

गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिब तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ ।
पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिचान गरीे निःशुल्क रुपमा सुधारिएको चुलो वितरण गरिएको हो ।

आज (बुधबार) नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रत्ननगरका नगर प्रमुख नारायण वनले चुलो हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले नगरवासीको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण गरिएको उनले बताए । ‘खाना पकाउन चुलोबाट निस्कने धुवाले गृहणीहरुको स्वास्थ्य जोखिममा परेको छ’ उनले भने ‘भान्सा कोठावाट धुँवा बाहिर जाने प्रविधिको चुलो वितरण गरेका छौं ।’ पहिलो चरणमा नगरपालिकाले १०५ घरधुरीलाई सो चुलो उपलब्ध गराउने छ । प्रतिनिधि मुलक रुपमा बुधबार १० घरधुरीलाई चुलो हस्तान्तरण गरिएको छ । अन्य घरधुरीलाई वडा कार्यालयबाट वितरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख वनले बताए ।

सिलिण्डर ग्यास खरिद गर्न नसक्ने अवस्थाका समुदायको पहिचान गरी सबैलाई चुलो प्रदान गरिने बताए । रत्ननगर नगरपालिकाले गरिब तथा विपन्न वर्ग लक्षित कार्यक्रम ल्याएको छ । आर्थिक अभावकै कारण खरको छानामुनी बस्न बाध्य समुदायलाई केन्द्रित गरी सो नगरपालिकाले जस्तापाता उपलब्ध गराएको थियो । घरको छानोमुक्त नगर बनाउने अभियान अन्तर्गत नगर प्रमुख वनले गरिब तथा विपन्न समुदायलाई जस्तापाता उपलब्ध गराएका हुन् । ‘यसअघि हामीले जस्तापाता दियौं’ उनले भने ‘अहिले चुलो दिएका छौं ।’

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष केशव आचार्य, १३ का वडाध्यक्ष चित्रबहादुर भण्डारी, ८ का वडाध्यक्ष विनोद बस्नेत, वडा नं १ का वडा सदस्य शालिग्राम पराजुलीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>