राजनीति

बलात्कारको आरोप लागेका महरालाई गिरफ्तारीको माग गर्दै राजधानीमा प्रदर्शन

Banner

काठमाडौँ असोज १४-

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई तत्काल गिरफ्तार गरी कानूनी कार्बाही प्रक्रिया अगाडि बढाउन माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।

आरोपित महराले राजीनामा दिइसक्दा पनि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै प्लेकार्ड सहित प्रदर्शन भएको छ । प्रदर्शनमा निस्किएकाहरुले तत्काल महरालाई पक्राउको माग गरेका छन् ।

किटानी जाहेरी नपरेको भन्दै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन । संसद सचिवालयका एक महिला कर्मचारीले आफूमाथि महराले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् ।

ती महिलाको आरोप पछि महराले मंगलबार दिउँसो सभामुख पदबाट राजीनामा दिएका छन् । महिला, सुरक्षा दबाब समूहले पनि सभामुख जस्तो पदमा आसिन व्यक्तिबाट भएको घटनाको निन्दा गरेको छ । समूहले आरोपितलाई तत्काल पक्राउ गर्न माग गर्न गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>