राजनीति
महरालाई अब नेकपाले सांसदका रुपमा चिन्दैन : नेम्वाङ्ग
३

काठमाडौँ असोज १४ –
कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब सांसदका रुपमा नचिन्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले बताएका छन् ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी छन् । आरोपपछि महराले नैतिकताको आधारमा सभामुखबाट राजीनामा दिएका छन् ।
महरा प्रकरणबारे सिंहदरबारमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा संसदीय दलका उपनेता नेम्वाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>