चितवन विशेष

‘२०औं नारायणगढ लायन्स लियो खुल्ला मौलाकालिका शान्ति दौड’ फूलपातीका दिन

Banner

चितवन, असोज १४–

नारायणगढ लायन्स क्लव र लियो क्लव अफ नारायणगढले यसवर्ष पनि ‘२० औं नारायणगढ लायन्स लियो खुल्ला मौलाकालिका शान्ति दौड’ प्रतियोगिता हुने भएको छ ।

यही असोज १८ गते फूलपातीको दिन प्रतियोगिता गर्न लागिएको नारायणगढ लायन्स क्लवका वर्ष २०१९/२० का अध्यक्ष निरज कुमार श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रतियोगितामा एक सय जना धावकले सहभागिता जनाउने विश्वास रहेको क्लवका सचिव सुरेश कुमार श्रेष्ठले बताए । उनले विगतका वर्षहरुमा उल्लेखीय मात्रामा धावकहरुको सहभागिता रहेको भन्दै यसवर्ष पनि सोही अनुरुप धावकहरु आउनेमा विश्वास व्यक्त गरे ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि २०० सय रुपैयाँ शुल्क लाग्ने छ । सहभागिताका लागि असोज १७ गतेसम्म नाम दर्ता गर्न सबैमा क्लवले आह्वान गरेको छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैैयाँ पुरस्कार पाउने क्लवका कोषाध्यक्ष प्रशान्त कुमार पियाले जानकारी दिए । यस्तै चौथोदेखी दशौं स्थान हासिल गर्नेले जनही एक हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।

प्रतियोगितामा सहभागिता जनाउनले निःशुल्क टिसर्ट समेत पाउने छन् । वि.सं.२०५५ सालदेखी सुरु भएको प्रतियोगिता देशमा शान्ति, अमनचयन कायमका लागि निरन्तर हुँदै आएको क्लवका पूर्व अध्यक्ष सनद कुमार पियाले बताए । उनले सानो आकारबाट सुरु भएको प्रतियोगिता अहिले राष्ट्रियस्तरको भएको बताए । उनले देशकै चर्चित लिगलिगे दौड प्रतियोगितामा सहभागिता जनाउने धावकहरु यस प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको बताए ।

यस प्रतियोगिताको दौड लायन्सचोकबाट सुरु भई गैंडाकोटको मौलाकालिका मन्दिर पुगेर समापन हुने क्लवका निवर्तमान अध्यक्ष जीवन कुमार गुप्ताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>