चितवन विशेष
क्षेत्रपुरमा रामकृष्ण टोलको दसैँ विशेष कार्यक्रम
०

चितवन, असोज १३
भरतपुर महानगरपालिका–२ क्षेत्रपुर स्थित रामकृष्ण टोल विकास संस्थाले आज २०७६ सालको दसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
रामकृष्ण महिला समूहकी अध्यक्ष मीना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाको वडा सदस्य विष्णुप्रसाद अधिकारी र पूर्वअध्यक्ष, सल्लाहकार एवम् जग्गादाता रामकृष्ण गुरुङको विशेष उपस्थिति रहेको थियो । पूर्वअध्यक्ष एवम् सल्लाहकार धनबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा शान्ति टोल विकास संस्थाका अध्यक्ष नेत्रप्रसाद न्यौपाने र महिला समूहका सचिव संगिता भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>