चितवन विशेष

क्षेत्रपुरमा रामकृष्ण टोलको दसैँ विशेष कार्यक्रम

०
Banner

चितवन, असोज १३

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर स्थित रामकृष्ण टोल विकास संस्थाले आज २०७६ सालको दसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

रामकृष्ण महिला समूहकी अध्यक्ष मीना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाको वडा सदस्य विष्णुप्रसाद अधिकारी र पूर्वअध्यक्ष, सल्लाहकार एवम् जग्गादाता रामकृष्ण गुरुङको विशेष उपस्थिति रहेको थियो । पूर्वअध्यक्ष एवम् सल्लाहकार धनबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा शान्ति टोल विकास संस्थाका अध्यक्ष नेत्रप्रसाद न्यौपाने र महिला समूहका सचिव संगिता भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>