चितवन विशेष
विप्लव नेकपाले भन्यो : भरतपुरमा पार्टीको निर्देशन विपरित चन्दा संकलन
०

चितवन, असोज १३-
विप्लव नेतृत्वको नेकपा भरतपुर महानगर कमिटीले पार्टीबाट निस्कासित व्यक्तिले भरतपुरमा चन्दा आतंक मच्चाएको आरोप लगाएको छ ।
कमिटीका इन्चार्ज विजय शर्मा र देवकुमार सेक्रेटरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीबाट निस्कासनमा परेका पुरन राईलगायतका केही युवाहरुले पार्टीको आधिकारिक व्यक्ति भन्दै चन्दा उठाएकोमा आपत्ति जनाएको छ । विज्ञप्तिमा राईको समूहले मालपोत कार्यालय चनौली, स्मल हेभन स्कुल कैलाशनगर, जानकी माविलगायत ठाउँमा उनीहरुले चन्दा उठाएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ । उनीहरुबाट भएको अराजक गतिविधिको घोर भत्सर्ना गर्दै उनीहरुको क्रियाकलाप नसच्चिएमा पार्टी कारबाही गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ । यसरी पार्टीको नाममा चन्दा लिन आएको भए तुरुन्त भरतपुर महानगरकमिटीलाई खबर गर्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>