चितवन विशेष

शेखर कोइराला भन्छन्ः हामी बोल्न र हिड्न पनि नपाउने ?

Banner

चितवन,असोज १३-

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकार र नेकपाको गतिविधिले देशमा अधिनायकबाद सुरु गरिसकेको पुष्टी भएको बताएका छन् । पत्रकारहरुसँग आज भरतपुर विमानस्थलमा कुरा गर्दै उनले बोल्न र हिड्न पनि नपाउने भएपछि अधिनायकबाद लागु गरेको प्रमाणित भएको बताए । उनले भने,‘कम्युनिष्टले बोल्न पनि दिने भएनन्,साङघातिक हमला गर्न थाले,हामी चुप लागेर बस्नु भएन,कडा कदम चाल्नुपर्छ ।’ उनले सडक र सदनबाट काँग्रेसले प्रतिबाद गर्ने जिकिर गरे ।

‘देशमा नयाँ मण्डलेहरु उदय भएको त्यसलाई हामीले जवाफ दिनुपर्छ,उनले भने’,काँग्रेसले यसैका लागि बर्षैदेखि आन्दोलन गर्दै आएको हो ।’
जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको उनले बताए । पत्रकारहरुसँग अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको उनको भनाई छ । महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने नेता कोइरालाको दावी छ । उनले भने, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।”

काङ्ग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उनले भने, “सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।”
नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने उनको भनाई थियो । उनले भने, “समयमा नै नेतृत्व चयन गरौँ । अब काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>