मौसम
सोमबारबाट मौसममा सुधार, दशैंमा आत्तिनु पर्दैनः मौसमविद
०

काठमाडौं,असोज १२-
सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलिबाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने उनको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् । यद्यपि अर्को सिस्टम तत्काल विकास हुने सम्भावना नदेखिएको मौसमविद बासीले बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>