क्रिकेट
त्रिकोणात्मक सिरिजः सिंगापुरद्धारा नेपालसामु १५२ रनको लक्ष्य
०

काठमाडौं, असोज ११–
त्रिकोणात्मक टि–ट्वान्टी सिरिज अन्तर्गत घरेलु टोली सिंगापुरले नेपालसामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहिले भइरहेको खेलमा टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १५१ रन जोड्यो ।
उसका लागि टिम डेभिड ६४ रनको अविजित अर्धशतकिय पारी खेले । यस्तै जनक प्रकाश २५ रनमा अविजित रहे । यस्तै चन्द्रमोहन ३५, मनप्रित सिंह १५ र ६ रनमा आउट भए । नेपालका लागि करन केसीले २ र सुसन भारीले एक विकेट लिए । आज सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिए पनि विकेट लिन सकेनन् । यस्तै सोमपाल कामी आज पनि महंगो सावित भए । उनले ४ ओभरमा ४४ रन दिँदै कुनै विकेट लिन सकेनन् ।
पहिलो खेलमा शुक्रबार जिम्बावेसँग ५ विकेटले पराजित भएको नेपालले सिंगापुरविरुद्ध जीत निकाल्ने लक्ष्य लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>