चितवन विशेष
अपडेटः नेकपा कार्यकर्ताको कुटाईबाट ज्ञानेन्द्र शाहीसहित तीन जना घाइते, चितवन मेडिकल कलेजमा उपचार हुँदै

चितवन, भदौं ११–
नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटेका छन् । आज (शनिबार) दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको टाउको चोट लागेको छ ।
शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको सिटीस्क्यान भइरहेको अस्पतालले जनाएको छ । नेकपा कार्यकर्ताको कुटाइबाट अन्य दुई जना समेत घाइते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।
नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।






















