राजनीति
पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने
०

काठमाडौं असोज,९-
पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
पूर्वराष्ट्रपति डा यादव अस्वस्थ भइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे अस्पताल लगिएको थियो । चिकित्सकको सुझावअनुसार उनलाई केही दिनका लागि भर्ना गरिएको छ ।
उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























