चितवन विशेष
चितवनको कार्टुन उद्योगमा भिषण आगलागि, आगो नियन्त्रणको प्रयास जारी
०

चितवन, असोज ७-
चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रा.लि.) मा आज (मंगलबार) भिषण आगलागि भएको छ । विहान ३ बजेदेखी लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो फैलन नसक्ने गरी आगोलाई नियन्त्रणमा लिइएको र पूर्ण नियन्त्रणमा लिने कार्य भइरहेको सोही स्थानमा खटिएका वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीले नारायणी अनलाईनलाई जानकारी दिए ।
उनका अनुसार आगोबाट उद्योगमा पूर्ण रुपमा क्षति पुगेको छ भने छरछिमेकमा भने क्षति भएको छैन । विहान चट्याङ परेपछि आगो लागेको स्थानीयको भनाइछ । चट्याङले तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुसमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>