चितवन विशेष
बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको एक महिने अल्टिमेटम
०

चितवन,असोज ६-
सरकारले एमबीबीएस अध्यापनका लागि तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई विद्यार्थीको रकम फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।गृह मन्त्रलायमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका पदाधिकारीबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे मेडिकल कलेजलाई कारबाही प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको हो ।
पोखराको गण्डकी मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् । सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























