अर्थ
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
०

चितवन,असोज ३-
नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ।
निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























