चितवन विशेष
डेँगु रोग सचेतनाका लागि भोलि चितवन र गैडाकोटमा सडक नाटक पर्दशन गरिदै
०

चितवन असोज ३ –
पछिल्लो समयमा चितवनलगाएत देशैभरी महामरीको रुपमा फैलिरहेको डेँगु रोगको नियन्त्रण तथा सचेतनाका लागि भोली (शनिबार) गैंडाकोट र चितवनमा सचेतनामुलक सडक नाटक पर्दशन गरिने भएको छ।
नेवा पत्रकार राष्ट्रिय दबु चितवन ,इम्पल्स इजुकेसनल कन्सलटेन्सी नारायगढ र लियो क्लब अफ चितवन / गैंडाकोटको संयुक्त आयोजना र सिएमसी बिपीएच समुहको सहयोगमा सडक नाटक तथा चित्र पर्दशनी गर्न लागिएको हो ।
गैडांकोटको कांग्रेसचोक ,भरतपुरको गितानगर,चौबिसकोठी,पुल्चोक र गणेशस्थानमा गरी पाचँ फरक/ फरक स्थानमा सडक नाटक तथा चित्र पर्दशन गर्न लागिएको नेवा पत्रकार रा.दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार डेँगु महामरीको रुपमा फैलिरहेको अवस्थामा समुदायस्तरमा गएर फरक रचनात्मक तरिकाले सचेतना गराउने उध्ेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























