चितवन विशेष

चितवन काँग्रेसले असोज ७ मा विरोध प्रदर्शन गर्ने

Banner

चितवन, असोज २–

नेपाली काँग्रेस चितवनले जनप्रदर्शन गर्ने भएको छ । चर्को मूल्य वृद्धि, मौलाउँदो भ्रष्टाचार, कर वृद्धि, कुशासन लगायतको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

काँग्रेस चितवनका सचिव उत्तम जोशीले विरोध प्रदर्शन सरकारलाई खबरदारी गर्न आयोजना गरिएको बताए । ‘सरकारको कार्यसम्पादन देखेर जनता निराश छन्’, उनले भने, ‘जनताका आवाज सरकारले सुन्नुपर्छ, खबरदारीको नेतृत्व हामीले गरेका हौँ ।’ यही असोज ७ गते चौविसकोठीबाट सुरु हुने विरोध र्‍याली पुलचोकमा पुगेर कोणसभामा परिणत हुनेछ । र्‍याली विहान साढे ११ बजे सुरु हुनेछ । कोणसभामा केन्द्रीय नेताले सम्बोधन गर्नेछन् ।

यसैबीच, राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरणका कार्यक्रममको समीक्षा गरिएको छ । पार्टी कार्यालय नारायणगढमा बसेको बैठकले जनजागरण अभियान सफल बनेको निष्कर्ष निकालेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनजागरण अभियानले जनतामा आशा पलाएको बताए । ‘निराश जनता जागरुक बनेका छन्’, उनले भने, ‘जनताका मागको वकालत गर्न कांग्रेस सधै लागिपर्नेछ ।’ समीक्षा कार्यक्रममा चितवनका ६ वटै प्रदेशसभाका केन्द्रीय प्रतिनिधिहरु नवराज महत, प्रेमबहादुर खड्का, गणेशमान चक्रधर, रामचन्द्र अर्याल, धर्मराज अर्याल, धनलक्ष्मी श्रेष्ठ सहभागि थिए ।

जिल्ला कार्यसमिति, पूर्वसभापतिहरु, सांसदहरु, पूर्वसांसदहरु, क्षेत्र, प्रदेश तथा नगर प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच, नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको २२ औं स्मृति दिवस मनाइएको छ । वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका थिए । स्वर्गीय गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन, २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>