चितवन विशेष

सप्तगण्डकीका विद्यार्थीलाई डेँगुबारे पढाउँदै डा अधिकारी

Banner

चितवन, असोज २-

सप्तगण्डकी कलेजका विद्यार्थीहरु तथा प्राध्यापकलाई वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले सचेतनामूलक कक्षा लिएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण विज्ञान विषय अध्ययतरत विद्यार्थीहरुको साझा संस्था क्लब अफ इन्भारमेन्ट साइन्सले गरेको डेँगुबारे सचेतनात्मक कार्यक्रममा डा अधिकारीले डेँगु रोकथामका उपायहरुबारे अभिमुखीकरण गराएका हुन् । उनले डेँगुबारे सम्पूर्ण नागरिकहरु सचेत भएमा नै यसबाट बच्न सकिने विचार राखे । उनले हामीमा रोगको त्रास रहे पनि सुरक्षाका प्रशस्त उपायहरु रहेको विचार राखे । सफा पानीमा बस्ने डेँगुलाई नष्ट गर्नु नै महामारीबाट बच्न सकिने महत्वपूर्ण उपाय भएको उनले बताए । डा अधिकारीले एकपटक डेँगुको संक्रमणमा परेको मानिसलाई फेरि डेँगुको संक्रमण देखिएमा भने त्यसले ज्यान नै जान सक्ने जानकारी दिए । उनले यस्तो अवस्था आयो भने शरीरका सबै अंगहरु फेल पनि हुन सक्ने बताए । उनले भारतको केजरीवालले ल्याएको सरसफाइ अभियानको उदाहरण दिँदै आफ्नो घरवरिपरी सरसफाइ अभियान चलाउन अनुरोध पनि गरे । उनले भने, ‘जसरी हुन्छ लार्भालाई नष्ट गर्ने तर्फ सबैले ध्यान दिनुपर्छ । एक एक जनाले घर र परिवारलाई सचेत बनाउँदै गएमा लाखौं नागरिकलाई यसबारे सचेत बनाउन सकिने उनले बताए ।

 

त्यस्तै कार्यक्रममा चितवन मेडिकल कलेजका डाक्टर सुशील खड्काले डेँगुको उपचार पद्धतिको बारेमा जानकारी गराएका थिए । उनले भने डेँगु संक्रमित बिरामीलाई सामान्य अवस्था र जटिल अवस्था गरेर दुई चरणमा राखेर उपचार गर्ने गरिएको बताए । कार्यक्रममा चितवन मेडिकल कलेजका क्याथल्याब विभागको प्रमुख अमृत काफ्लेले विद्यार्थी तथा प्राध्यापकहरुको जिज्ञासाहरु संकलन गरेका थिए । क्लब अफ इन्भारमेन्ट साइन्सका अध्यक्ष सुरेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्ण घिमिरे र सहायक क्याम्पस प्रमुख नारायण रेग्मी डाक्टरहरु अधिकारी र खड्कालाई क्लबको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा डेँगु नियन्त्रणमा ज्यान गुमाएका बिरामीहरुको स्मृत्तिमा एक मिनेट मौनधारण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>